एमाले अध्यक्षमा तीनजनाको उम्मेदवारी, निर्वाचन रोचक हुने

२०८१ असार ८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ८ असार । नेकपा एमाले स्याङ्जा पालिकास्तरका अधिबेसनहरुमा जुटेको छ । अहिले सम्म ७ ओटा पालिकामा अधिवेसन सम्पन्न गरिसकेको एमाले स्याङ्जा वालिङ नगर कमिटीको अधिवेसनमा जुटेको हो । वालिङ नगर कमिटीको अधिवेसनका लागि असार ७ र ८ गते तोकिएको थियो । ७ गते उद्घाटन सत्र सकेर बन्द सत्रसमेत सम्पन्न गरेको एमाले वालिङले अहिले नयाँ नेतृत्व चयनमा क्रियाशिल छ ।

नेकपा एमाले वालिङ नगर कमिटीको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत मणीप्रसाद अर्यालले जानकारी दिनुभयाे । उम्मेदवारी दर्ता गर्नेक्रम जारी रहेको पनि उहाँले जानकारी दिनुभयाे । अहिले सम्म अध्यक्षमा वर्तमान अध्यक्ष शोभाकान्त पौडेल, पुण्यप्रसाद अर्याल र युवा माधवप्रसाद कडेल (देउता) ले दर्ता गराउनुभएकाे छ । उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ र डोलराज सुवेदी, सचिवमा आनन्द पाठक र मणीप्रसाद पंगेनीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । यसैगरी उपसचिवमा पुरुषतर्फ नमलाल डुम्रे, ओमप्रसाद शर्मा र महिलातर्फ सिर्जना सिग्देल काफ्ले, अनिता गहतराज, जैसरा रेग्मीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयाे । पदाधिकारीमा एक—एक जना खुला निर्वाचित रहने व्यवस्था रहेको बताइएको छ ।

७५ सदस्यीय वालिङ नगर कमिटीका लागि अहिले उम्मेदवारी दर्तागर्ने क्रम चलिरहेको छ । सर्वसहमतिमा वालिङ नगर कमिटी टुङ्गिने विश्वास गरेका एमाले कार्यकर्ताहरु अन्तिममा नेतृत्वका कारण निर्वाचनमा पुग्नुपर्ने बाध्यमा पुगेको बताइएको छ । एमालेमा गुट नै छैन भन्ने सन्देश दिदै आएका नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिदै जिल्लाका अधिकांश पालिकामा गुटबन्दी मै निर्वाचन भइरहेका छन् । त्यसको एउटा उदाहरण अहिले वालिङ नगर कमिटीको निर्वाचनले देखाएको छ ।

अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका शोभाकान्त पौडेललाई एमाले केन्द्रीय सचिव पद्मा अर्यालको साथ रहेको बुझिएको छ भने पुण्यप्रसाद अर्याल पुर्व गण्डकी प्रदेश सांसद मोहन रेग्मीको साथ रहेको छ भने माधवप्रसाद कडेँललाई युवाहरुको साथ रहेको बताइएको छ । एमालेको विधानमा पदाधिकारीमा आदीवासी जनजाती, दलित, महिलाको बाध्यकारी व्यवस्था नभएका कारणले मनोनयन दर्ता गर्नेक्रममा सबै पदाधिकारीमा ब्राहमण रहेका छन् । पदाधिकारी खुलाबाट चुनिने र सदस्यहरुमा भने समावेसी प्रणाली लागु हुने व्यवस्था रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय