गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न वस्तु तथा सेवामा ६०प्रतिशतसम्मको छूट सुविधा

२०८१ असार ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं,९ असार । गरिमा विकास बैंकका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छूट पाउने भएका छन् ।

शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्ति कर्ताहरू सँगको समन्वयमा कम्पनीले आफ्ना ग्राहकलाई विशेष छूट प्रदान गर्ने व्यवस्था मिलाएको हो । सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

विकास बैंकका ग्राहकहरुले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदारMentorlab edx ले प्रभाश गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छूट पाउने छन् ।

Mentorlab edx ले बालबालिकाहरुलाई Coding र Artificial Intelligence बुझ्न विशेष मद्दत गर्ने गर्दछ ।यसैगरी,कम्पनीका ग्राहकहरुले ललितपुरको लगनखेलस्थित पेडल साईकल हाउसबाट साइकल खरिद गर्दा अधिकतम १५ प्रतिशत र रुपन्देहीको  तिलोत्तमा ५ स्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय