आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

२०८१ असार १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१० असार ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल यी प्रदेशमा मनसुनी प्रभाव छ भने बाँकी भागमा स्थानीय वायु आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

राति  कोशी, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै राति देशभरको मौसम आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय