काठमाडाैँ , ११ असार। गरिमा क्यापिटलले हालै सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यमा दुई जनालाई नियुक्त गरिएकाे छ ।
कम्पनीको हालै सम्पन्न बैठकले उहाँहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो । जसमा नैना नेपाल ढकाल र गरिमा विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल रहनुभएकाे छ ।
कम्पनीले नवनियुक्त सञ्चालकहरु नैना नेपाल ढकाल र संजू प्रसाद जैसवाललाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ ।