मामाको योजनामा भान्जाको घरबाट २ करोड लुटपाट

२०८१ असार ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,११ असार । प्रहरीले आफुलाई सिविआइ भन्दै भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा लुटपाट गर्ने सिन्धुपाल्चोक घर भएका सुजन रसाइली, भीम बहादुर तामाङ, ओखलढुङ्गा भर भएका मुनाराज राई, सिन्धुपाल्चोक घर भएका कृष्णबहादुर बोहरालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

लुटपाटमा संलग्न कुलबहादुर खत्री भने फरार छन् । कुलबहादुरका भान्जा डिल्लीराज राउतको घरमा नगद रहेको जानकारी पाएपछि कुलबहादुरले नै लुटपाटको योजना बनाएको प्रहरीले जनाएको छ । लुटपाटका लागि कुलबहादुरले वैदेशीक रोजगारका जानका लागि काठमाडौं आएका युवाहरुलाई प्रयोग गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।

लुटपाटको रकम उनीहरुले बाँडफाँट समेत गरिसकेको र त्यसमध्ये केहि खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय