नीति तथा कार्यक्रम १९ वैशाखमा आउने सभामुखबाट जानकारी

२०८२ बैशाख १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ ।

यससम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

आगामी १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।

त्यसदिनको बैठकमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । यसबारे सभामुख घिमिरेले संसद्मा जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय