रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते

२०८१ असार २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल, २५ असार  । रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा  बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले  जनाएको  छ ।

प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।

बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको  छ । अन्य सामान्य घाइते भएको प्रहरीले  जनाएको  छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय