जिल्ला प्रशासन स्याङ्जामा निशुल्क स्वास्थ्य सहायत कक्ष सुरु

२०८१ असार २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा, २६ असार । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा स्याङ्जामा निशुल्क स्वास्थ्य सहायत कक्ष हेल्प डेस्क सुरु भएको छ । जिल्ला प्रशासन स्याङ्जामा यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड भइरहेको बेलामा निशुल्क हेल्प डेस्क सुरु भएको हो ।

गृह मन्त्रालयको निर्देशनअनुसार परिचयपत्रका लागि आउने वृद्धवृद्धाहरु बिरामीहरु तथा नागरिकहरुमा आउन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

पुतलीबजार नगरपालिका र नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा हेल्प डेस्क राखिएको नेपालले बताउनुभयो । पुतलीबजारबाट १ जना स्वास्थ्य प्राविधिक र रेडक्रसबाट १ जना प्राविधिक गरी दुई जना प्राविधिक सहित हेल्प डेस्क स्थापना गरिएको हो । अफिस समयसम्म नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सहयोगमा एम्बुलेन्स तयार अवस्थामा जिल्ला प्रशासनमा रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय