एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेका छन : अध्यक्ष ओली

२०८१ असार २६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताउनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताउनुभएको हो । उहाले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थीति पैदा भएको धारणा राख्नुभयो । भ्रष्टाचार, अस्थीरता लगाएत स्वार्थपेरित काम पनि देखिएको उहाले बताउनुभयो । ओलीले संविधानलाई गतिशिल बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससंग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गर्नुभयो । उहाले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागीता गराउने जिकिर गर्नुभयो ।

ओलीले अव बन्ने सरकारले देशको आर्थिक बिकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रीत गर्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय