स्याङ्जा कालीगण्डकीका तीन भाइ सरकारी सेवामा आवद्ध

२०८१ असार २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२९असार । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ आलमदेवी लसर्घा गाउँका तिनै जना दाजुभाइ सरकारी सेवामा आवद्ध हुनुभएको छ ।

हालको कालीगण्डकी_३ आलमदेवी लसर्घा गाउँ साविक आलमदेवी _६ आलमदेवी लसर्घा गाउँ निवासी आमा डिल कुमारी घिले र बाबु हवल्दार नर बहादुर घिलेका तीन छोराहरू क्रमशः जेठो छोरा दीपक प्रकाश घिले, माईलो छोरा बिजय प्रकाश घिले र कान्छो छोरा जयप्रकाश घिले सरकारी सेवामा आवद्ध हुनुभएको हो ।

बाबु इन्डियन आर्मीमा कर्तव्य पालनाको क्रममा २०४२ साल असार २७ गते ३७ वर्षको अल्पायुमा जम्मु कश्मिरमा रूखले च्यापेर ज्यान गुमाउनु भएको थियो। बाबु बित्दा जेठो छोरा दीपक प्रकाश घिले ९ वर्षको माईलो छोरा बिजय प्रकाश घिले ७ र कान्छो छोरा जयप्रकाश घिले १५ महिनाको मात्र थिए।

जेठो छोरो दीपक प्रकाश घिले माध्यमिक तहको अंग्रेजी शिक्षकको रूपमा २०७१ साल भदौ २ गते सरकारी सेवामा प्रवेश गर्नु भएको हो। उहाँ हाल भवानी मा। वि। स्याङजामा प्रधानाध्यापकको रूपमा कार्यरत रहनु भएको छ। उहाँले सरकारी सेवामा प्रवेश गर्नु अघि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।

यस्तै गरि माईलो छोरो बिजय प्रकाश घिले सशस्त्र प्रहरी जवान पदमा २०६४ साल भदौ २ गते कालिका गण पोखराबाट सेवा प्रवेश गर्नुभएको थियो । उहाँ हाल उहाँ पाल्पा ३५ नं गुल्ममा हवल्दार पदमा कार्यरत हुनुहुन्छ ।

यस्तै गरि कान्छो छोरो जयप्रकाश घिले पनि २०८० चैत २९ गते प्रा। वि शिक्षकको रुपमा सरकारी सेवामा प्रवेश गर्नु भए पश्चात तीनै भाई सरकारी सेवामा आवद्ध हुनुभएको हो। कान्छो छोरा जयप्रकाश घिले प्रा। वि। शिक्षकको रुपमा दरौ मा। वि। अर्जुन चौपारी स्याङ्जामा कार्यरत हुनुहुन्छ। सरकारी सेवामा प्रवेश गर्नु अघि उहाँ पनि पोखराका निजी विद्यालयहरूमा करीब दश वर्ष अध्यापन गर्नु भएको थियो।

साविक आलमदेवी गाविस वडा नं। ६ मा तीनै भाई सरकारी सेवामा प्रवेश गरेको यो पहिलो रेकर्ड हो। साथै कालीगण्डकी गाउँपालिकाको दलित समुदाय भित्र पनि यो पहिलो रेकर्ड बनेको छ। दीपक प्रकाश घिले भवानी मा वि को क्ीऋ मा प्रथम हुने पहिलो दलित हुनुहुन्छ। उहाँले २०५३ सालको क्ीऋ परीक्षामा भवानी मा वि बाट प्रथम हुनुभएको थियो। दीपक प्रकाश घिले पालिका भरिमै दलित समुदायबाट माध्यमिक विद्यालयको प्रधानाध्यापक हुने पहिलो व्यक्ति हुनुहुन्छ । विभिन्न सामाजिक तथा विकासका कार्यमा सक्रिय दीपक प्रकाश घिले २०४१ सालमा स्थापना भएको श्री जन ज्योती क्लब आलमदेवी लसर्घा देउरालीको अध्यक्ष समेत भइसक्नु भएको छ भने हाल आलमदेवी मन्दिर पूजा व्यवस्थापन समितिमा सचिव पदमा रहेर समेत काम गर्दै आइरहनु भएको छ। यो परिवार समग्र दलित समुदाय लगायत सबैका लागि प्रेरणाको स्रोत बन्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार