काठमाडौं,३१ असार। केपी शर्मा ओली सरकारमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्नु भएको छ ।
कांग्रेसले ओली सरकारमा १० मन्त्रालय पाउने छ, जसमध्ये युवा तथा खेलकुदमा चौधरीको नाम टुंगिएको हो । उहाँले पनि खेलकुद मन्त्री बन्न लागेको पुष्टि गर्नुभयो ।
चौधरी सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुनुहुन्छ ।