विपद्‍मा परी मृत्यु भएकाका परिवारलाई १० लाखको दरले राहत दिने सरकारको निर्णय

२०८१ असार ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३१ असार। सरकारले बाढि पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुको परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरेको हो ।

बिपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलव्ध गराउने निर्णय पनि बैठकले गरेको छ । बैठकले २०८२ असार मसान्त सम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ । कीर्तिपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो । बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रीपरिषद तथा मन्त्रीपरिषदका बिभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धीत मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उहाले बताउनुभयो । त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई दोश्रो र तेश्रो किस्ता उपलव्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिनुभएको छ भने एक महिनाभित्र केहि फरक देखाउने गरि काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभएको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय