बागमतीमा बेपत्ता बालकको शव भेटियो

२०८१ श्रावण १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रौतहट, १ साउन । रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव १८ घन्टाको खोजीपछि भेटिएको छ ।

जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका १० वर्षीय बालकको आज शव भेटिएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घन्टा पश्चात घटनास्थल बाट साढे तीन किलोमिटर टाढा बालकको शव बरामद गरेको हो ।

गढीमाई ३ लक्षमिपुरका हकुदिन कवाडीको १० वर्षीय छोरा सफर कवाडी अन्य दुईजना साथी सहित सोमवार दिउसो १ बजे गाउँछेउको बागमती नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार