निजी क्षेत्रको विश्वास र भरोसा टुट्न दिन्नँ : अर्थमन्त्री पौडेल

२०८१ श्रावण २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २ साउन। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको विश्वास र भरोसा टुट्न नदिने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण दिने भन्दै आत्मविश्वासका साथ राष्ट्र निर्माणमा योगदान गर्न आग्रह समेत गर्नुभयो । निजी क्षेत्रले खोजेको समाधान सरकारलाई मान्य हुने र सरकारको खोजेको समाधान निजीक्षेत्रलाई मान्य हुने गरी समाधान खोज्ने उहाले बताउनुभयो ।

उहाले पछिल्लो क्षेत्रको सबैभन्दा ठूलो चुनौती आमसर्वसाधारण र निजी क्षेत्रमा खस्किएको मनोबल उकास्नु रहेको भन्दै यसमा ध्यान केन्द्रीत हुने जिकिर गर्नुभयो । मन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमा सहजीकरण, सहयोग र सहकार्य गर्ने नीति लिने बताउनुभयो । त्यस्तै, मौद्रिक नीति कस्तो ल्याउने भन्ने अधिकार राष्ट्र बैंकलाई रहेको भन्दै उहाले मौद्रिक नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानीकर्ता, उद्योगी र आम उपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाले मुलुकको अर्थतन्त्रीलाई सुधार गर्नका लागि सवै सरोकारवाला सम्मीलित आयोग बनाउनुपर्ने सुझाव समेत दिनुभयो ।

ढकालले नयाँ सरकार बनेसंगै निजी क्षेत्रलाई व्यवसाय विस्तार र अर्थतन्त्र पुनरोत्थानमा सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय