राष्ट्रियसभा गृह जलमग्न बन्याे

२०८१ श्रावण ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ साउन। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ ।

गएराति भएको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा महानगरकै केही कार्यालय अझै छन् । महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ। यसअघि काठमाडौं महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो । कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो ।

जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय