पहिरो पीडित १४ बर्षिया बालकलाई १२ कक्षासम्म निशुल्क पढाउने पुर्व मन्त्री गुरुङको प्रतिबद्धता

२०८१ श्रावण ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,४ साउन । पछिल्लो समय आएको अविरल बर्षाका कारण भएको धनजनको क्षति बुझ्न विगत केही दिनदेखि गृह जिल्ला स्याङ्जा आउनु भएका नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री एवम् स्याङ्जा क्षेत्र नम्बर २ का सांसद धनराज गुरुङ  शुक्रबार स्याङ्जाको बिरुवा गाउँपालिका पुग्नु भएको छ ।

असार २६ गते आएको अविरल बर्षाले बिरुवा गाउँपालिका ६ लामाखेतमा दिउँसो पहिरोमा पुरिएर दुई घरका तीनजनाको मृत्यु भएको थियो। पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्माको मृत्यु भएको थियो ।

त्यहीँ पहिरोमा पुरिएर अर्को घरकी ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको हो । शर्माको मृत्यु पछि उहाँसंग बस्दै आएका १४ बर्षका रोशन शर्मा टुहुरो बनेका छन् । आमा सानैमा पोइला गएका कारण हजुरआमासंग बस्दै आउनु भएका रोशनलाई पुर्व मन्त्री गुरुङले १२ कक्षा सम्म निशुल्क पढाउने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै पुर्व मन्त्री गुरुङले उक्त घर परिवारको लागि १०/१० हजार समेत ब्यक्तिगत सहयोग गर्नु भएको छ । सरकारले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउदै उहाँले विपद ब्यबस्थापनले सहयोग गर्ने भन्दै त्यसको लागि आफुले सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय