काठमाडौं , ४ साउन । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसंग छलफल गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिहरुसंग छलफल गरेको हो । सो क्रममा समितिको कार्यादेशको अनुसुची २ मा रहेका सुर्यदर्शन, सानोपाइला लगाएतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो । उहाले स्थानीय तहमा रहेका २४ हजार सहकारी मध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौंमा रहेको पाइएको बताउनुभयो । त्यस्तै गोर्खा मिडियामा सुर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख ऋण प्रवाह भएको र जिवि ग्रुप अफ कम्पनीमा ५० लाख गएको देखिएको संयोजक थापाले जानकारी दिनुभयो ।
त्यस्तै उहाले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताउनुभयो । देशभरमध्ये बागमति प्रदेशमा २ सय ८४ भन्दा बढि सहकारीबिरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिनुभयो ।