स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ श्रावण ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ६ साउन । स्याङ्जाको पुतलीबजार नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ५ चौर बस्ने ३१ वर्षीय शुशिला कार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

कार्कीलाई आफ्नो बोईलर कुखुराको फर्म सफा गर्ने क्रममा दिउँसो करेन्ट लागेर घाईते हुनुभएको थियो ।

घाईते कार्कीलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । उहाँको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार