भिरकोटमा विपीको स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम

२०८१ श्रावण ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, ७ साउन । स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेस भिरकोट नगर कार्यसमितिको आयोजनामा प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा आईतबार वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा भिरकोटका प्रथम मेयर महासमिति सदस्य छायाराम खनालको प्रमुख आतिथ्यतामा विपीको स्मृति दिवसको सम्झना स्वरूप कार्यक्रम भएको थियो। उहाले कार्यक्रममा बोल्दै विपीको सिद्धान्त लागू गर्नुपर्छ त्यसको लागि विपीको बारेमा जान्नु आवश्यक छ र नया लाई सिकाउनको लागि जानेको पुरानाले सिकाउँदै अघि बढ्नुपर्छ भन्दै विपीको सिद्धान्त राष्ट्रियता प्रजातन्त्र र समाजबादको विषयलाई जोड्नुभएको थियो। त्यसै गरी उहाले बोल्दै गास, बास, कपासको आवश्यकता पूरा गर्न सरकार लागि पर्नुपर्छ भन्ने निति बिपिको नीति रहेको जानकारी गराउनुभएको थियो। प्रत्येकको बस्नको लागि बास एक दूध दिने गाई अथवा भैंसी, खेती गरी खान पुग्ने जमीन र शिक्षा र स्वास्थ्य को लागि व्यवस्था हुनुपर्छ भन्ने जनताको चिन्ता गर्ने व्यक्ति बिपी रहेको जानकारी गराउँदै झगडा संघर्ष भन्दा मेलमिलाप गरेर अघि बढ्नुपर्छ भन्ने विषय मा जोड दिने लोकतन्त्रको विधि रहेको भन्दै यसले लोकतान्त्रिक विधिलाई जोड दिन महत्व दिन्छ भन्ने विषय लाई केन्द्रित गर्दै विपीको चिन्तनको विषय उजागर गर्नुभएको थियो।

भिरकोट नगरपालिकाका मेयर गोविन्द कुमार कर्माचार्यले नेपाली कांग्रेस नगर कार्यसमितिले विपीको सम्झनामा वृक्षारोपण कार्यक्रम मात्र नगरी रोपेको विरुवाको संरक्षणको व्यवस्था  गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा वृक्षारोपणको लागि आवश्यक विरुवा भिरकोट नेपाली कांग्रेस कार्यसमितिको अनुरोधमा जिल्ला वन कार्यालय स्याङ्जाबाट प्राप्त गरेको थियो भने विरुवा अन्तर्गत कल्की, गुल्मर, पारिजात, तेजपत्ता लगायत का अन्य विरुवा सहित करिब दुई सय विरुवा भिरकोट को हेलु बजार देखि ठाडो खेत वडा नम्बर सात सम्म वृक्षारोपण कार्यक्रम गरिएको भिरकोट नगर नेपाली कांग्रेस का सभापति याम प्रसाद अधिकारी ९लक्षमण ० ले जानकारी गराउनुभयो।

कार्यक्रम भिरकोट नेपाली कांग्रेसको सभापति याम प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो भने नगरका पार्टी उपसभापति जगदीश कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नगर सचिव नन्दुलाल खनाल ले गर्नुभएको उक्त कार्यक्रममा जिल्ला सदस्य तोयानाथ अर्याल, जिल्ला सदस्य इन्दिरा केसी, नगर उपप्रमुख भगवती रेग्मी अर्याल,महाधिवेशन प्रतिनिधि सुनिता उचै ठकुरी, प्रदेश उपसभापति क्षेत्र नम्बर एक क का भविश्वर कोइराला,विभिन्न वडा का पार्टी वडाध्यक्ष हरु रत्न प्रकाश श्रेष्ठ, शालिकराम अर्याल, हिम बहादुर खत्री खडा नन्द खनाल लगायत विभिन्न पदमा रहनुभएका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको सहभागितामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको कार्यक्रम व्यवस्थापक तथा नेपाली कांग्रेस नगर समितिका सचिव तारा प्रसाद अर्याल ले जानकारी दिनुभयो। कार्यक्रममा वक्ताहरुले सहकार्य सहित वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो भने वृक्षारोपणमा हातेमालो पनि गर्नुभएको थियो।

कार्यक्रमको समापन भिरकोट नगर कार्यसमितिका सभापति याम प्रसाद अधिकारीले सहभागी सम्पूर्ण प्रति आभार व्यक्त गर्दै विरुवा उपलब्ध गराएर सहयोग गर्ने जिल्ला बन् कार्यालय स्याङ्जालाई विशेष धन्यवाद भन्दै सरसफाई तथा वृक्षारोपण गर्ने सहयोग र साथ दिने सहभागी सम्पूर्ण प्रति धन्यवाद भन्दै विपीको चिन्तन र विपीको सपना साकार पार्न गोलबद्ध भएर लाग्न आग्रह गर्दै विपीको बाटो अगाल्न जरुरी रहेको जनाउनुभयो ।साथै ४२ औं बिपि स्मृति दिवसको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय