४२औं वि.पि.स्मृति दिवस महालक्ष्मी सिद्धिपुरमा

२०८१ श्रावण ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कृष्णप्रसाद ढकाल
ललितपुर, ७ साउन । ललितपुर माहालक्ष्मी नगरपालिका–६, सिद्धिपुरको ऐतिहाँसिक र पर्यटकीयस्थल बुद्धपोखरीमा स्थानीयहरु र नेपाली कांग्रेस पार्टीनेता तथा कार्यकर्ताहरुको विशाल उपस्थितिमा विश्वेश्वर प्रसाद कोइरालाको ४२औं वि.पि.स्मृति दिवस सम्पन्न भएकाे छ ।

श्रद्धेय जननायक, साहित्यकार, उपन्यासकार, मनोविश्लेषक, कुशल राजनीतिज्ञ महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४२औं वि.पि.स्मृतिदिवस बेलुका ६बजे द्धीप प्रज्वलन गर्दै, हार्दिक श्रद्धासुमन अर्पण गर्दै संझदैं कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपालमा १७८ बर्ष अगाडी एकतन्त्रीय, अत्याचारी, जाहाँनीया निरङ्कुश राणाशासनको जङ्गबहादुर राणाद्धारा राज्यका जिम्मेवार व्यक्तित्वहरुको ठूलो नरसंहार गरी वि.सं.१९०३मा स्थापना भएको थियो ।

जसको बिरुद्धमा कसैले केही बोलेको आभाष मात्र भएपनि उनि  गोलीको शिकार हुनुपथ्र्याे, कि निर्वासित जीवन । यो कहालीलाग्दो र दुरावस्थाबाट नेपाली जनतालाई स्वतन्त्र गराउन निर्वासित अवस्थाबाटै वि.पि.ले आन्दोलनको विगुल फुक्नु भएको थियो । जसले नेपाली जनतालाई राणा बिरुद्धको आन्दोलनमा ऐक्यवद्ध भई भाग लिने प्रेरणा र उत्साह मिलेको थियो । फलस्वरुप २००७ सालमा अत्याचारी शासनको अन्त्य भई प्रजातन्त्रको उदय भएको थियो ।

यिनै महामानवको संझनास्वरुप महालक्ष्मी नगरपालिका वडानं.–६का नेपालीकांग्रेस ईकाई सभापति सुरेन्द्र अमात्यको सभापतित्वमा ४२औं वि.पि.स्मृतिदिवस बेलुका ६बजे द्धीपप्रज्वलन गरी हार्दिकताका साथ श्रद्धासुमन अर्पण गर्दै मनाइएको हो । महालक्ष्मी नगरवडानं.–६ नेपालीकांग्रेस इकाई सचिव बिजय महर्जनले सञ्चालन गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ हुनुहुन्थ्यो । वाँहाले विपी कोइराला जस्ता माहामानवलाई वाँहाको पुण्यतीथिमा संझना गर्नृ अत्यन्त गौरवको बिषय भएको बिचार राख्नु भएको थियो । बिशेष अतिथि महालक्ष्मी नगर उपमेयर लक्ष्मी महर्जन, क्षेत्रनं.२ सभापति महेश खड्का, क्षेत्रनं.२ (क)सभापति दिवाकर नेपाल, नेपालीकांग्रेस महालक्ष्मी नगरसभापति दिवाकर सिल्वाल, नेपालीकांग्रेस क्षेत्र नं.ं२ महासमिति सदस्य ललिता खनिया, रिना मानन्धर, १नं. इकाई सभापति पुष्कर के.सी., ४नं. इकाई सभापति प्रकाश पराजुली, ५नं.इकाई सभापति सूर्यबहादुर बस्नेत, क्षेत्रीय प्रवक्ता दिनेश राउत, विवेक कार्की, इतिहाँसविद् तथा संचारकर्मी कृष्णप्रसाद ढकाल, वडानं.४ इकाई सचिव प्रल्हाद संग्रौला, ट्रेडयुनियन कांग्रेस उपसभापति रामप्रसाद भण्डारी, यज्ञ नेम्कूल, रञ्जना थापा, सुरेन्द्र के.सि.,जमुना महर्जन, ज्ञानेन्द्रराज देवकोटा, रविन्द्र महर्जन, उर्मीला के.सी., ईन्दीरादेवी वजगाईं, पवनविक्रम थापा, सुरेश नेम्कूल लगायतको विशाल उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय