भिरकोटमा विपत्ति माथि अनुगमन निरीक्षण र व्यवस्थापनको लागि छलफल

२०८१ श्रावण ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, ७ साउन । स्याङ्जा जिल्ला भिरकोट नगरपालिकामा असार २१ देखि परेको अविरल वर्षाका कारण निम्तेको विपद् सम्बन्धी विषयको अनुगमन र निरीक्षण पश्चात विपद् व्यवस्थापनको लागि छलफल कार्यक्रम आईतबार सम्पन्न भएको छ।

भिरकोटको नौं वटा वडाको अनुगमन र निरीक्षण अनुसार ठूलो क्षति नगरले बेहोर्नु परेको जस् मध्य मानवीय क्षति पनि भएकोमा नगर दुखी रहेको नगर प्रवक्ता दिपेन्द्र केसी ले जानकारी गराउनुभयो। त्यसै गरी पशु अन्तर्गत भैंसी चार वटा, बाख्रा १४ वटा रहेको जानकारी गराउनुभयो। घर पूर्ण क्षति मा ११ वटा रहेको गोठ दुई वटा पुल दुई वटा ३८ वटा खानेपानी ट्याङ्की पूर्ण रुपमा क्षतिमा रहेका छन् भने ४३ घर बढी जोखिममा रहेको र पानी परिरहँदा केही घर विस्थापित हुनुपरेको नगर प्रवक्ता केसीले जानकारी गराउनुभयो। खोला पसेर र पहिरो गएर खेतीयोग्य जमीन पुरेको र बगाएको छ भने कुलो नहर अन्तर्गत लगभग ५८ वटा मा क्षति पुर्याएको छ। जसले गर्दा रोपेको खेत लाई समस्या भएको छ भने कृषकहरुले तत्कालको व्यवस्थापनको लागि बास पाइप राखेर खेतमा पानी लगाउने समस्यमा सहज बनाए पनि समस्या रहेको अनुगमनमा देखिएको प्रवक्ता केसीले जानकारी गराउनुभयो।

नगरका विभिन्न वडामा बाटो अवरुद्ध भएर बाटो पूर्ण रुपमा बन्द रहेका थिए भने अहिले केही बाटो सञ्चालनमा रहेका छन् भने केही बाटो संचालनमा आउन सकेको छैन डोजर लगाएर पहिरो फाल्ने व्यवस्था भई रहेको जानकारी नगर प्रवक्ता केसी ले गराउनुभयो ।

विपद्मा भएको क्षति व्यवस्थापनको लागि बसेको छलफल र निर्णय पश्चात मानवीय क्षति भएकोमा एक लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ भने घर पूर्ण क्षति भएकोमा ५० हजार, गोठ पूर्ण क्षति मा ३० हजार दिने निर्णय गरेको छ । दूध दिने तथा लैनो भैंसी मरेको भए २५ हजार दिने र थारो भैंसी मरेमा १० हजार नगद दिने निर्णय गरेको छ। त्यसै गरी बाख्रा मरेमा प्रति बाख्रा पाँच हजार उपलब्ध गराउने र ट्वाइलेट क्षतिमा प्रति ट्वाइलेट पाँच हजार र आबस्यक सामाग्री उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो। पशु चौपाया अन्तर्गत वडा नम्बर पाँच र वडा नम्बर नौं मा क्षति भएको अनुगमन बाट थाहा भएको जानकारी केसीले गराउनुभयो।

त्यसैगरी खानेपानीको ट्याङ्की पाइप बगाएको विषयमा खानेपानीबाट बन्जित हुन नपरोस् भन्ने अभिप्राय सहित तत्कालमा अपुग पाइपको व्यवस्था नगरले गर्ने जानकारी गराउँदै कुलो तथा नहर बगाएको मा सिंचाइ कार्यालय स्याङ्जालाई घटनाको विवरण पठाउने निर्णय गरेको जानकारी प्रवक्ता केसीले गर्नुभयो। यसै अन्तर्गत नगर कार्यपालिकाको मिटिङ्ग बसी वडा नम्बर पाँचमा पहिरोको कारण मृत्यु भएको खेम कुमारी मल्लको परिवारलाई मलम लगाउने उद्धेश्य सहित निजको परिवारको एकजनालाई रोजगारीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी प्रवक्ता केसीले गर्नुभयो।

कार्यक्रम नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नगर प्रशासकिय प्रमुख धर्मराज ढुङ्गाना, प्रशासन शाखा प्रमुख राम प्रसाद खनाल, रेडक्रस का अध्यक्ष कृष्ण बहादुर अधिकारी विभिन्न राजनैतिक दल का प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष जगदीश कोइराला, सुरक्षा निकाय का प्रमुख प्रमोद कँडेल कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय