पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली

२०८१ श्रावण ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ साउन । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली खटिएको छ ।

आइतबार राति आफ्नै घरमा हत्या गरिएका रायको अनुसन्धानका लागि सीआईबीले टोली घटनास्थल पठाएको हो ।

सीआईबीका प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले इन्सपेक्टरको कमान्डमा दुई जनाको टोली सर्लाही पठाइएको बताए । सीआईबीबाट खटिनेमा इन्सपेक्टर सूर्यबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बोसिन राजा रहेका छन् ।

सीआईबीको टोलीले टेक्निकल तथा प्राविधिक पाटोको अनुसन्धान र विश्लेषण गर्नेछ । पूर्वराज्यमन्त्री रायको हत्या भएको जानकारी पाउनसाथ प्रहरी चौकी मोहनापुर, इलाका प्रहरी कार्यालय केशरगञ्ज, जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश कार्यालयको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय