जन्मेको १५ दिनमै १० लाखको अक्षयकोष

२०८१ भाद्र २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल,२१ भदौ । स्थापना भएको १५ दिनमै स्याङ्जा गल्याङ नगरपालिका रुपन्देही सम्पर्क समाजले १० लाखको अक्षयकोष स्थापना गरेको छ ।

पेशा,ब्यबसाय,अध्यन लगायत विभिन्न सिलसिलामा गल्याङ नगरपालिकाका ११ वटै वडा बाट स्थाइ वा अस्थाई रुपमा रुपन्देही जिल्ला भित्र बसोबास गर्दै आएकाहरुको सस्था स्याङ्जा गल्याङ नगरपालिका रुपन्देही सम्पर्क समाजले भदौ १४ गते एक कार्यक्रमको आयोजना गरि उक्त अक्षयकोष स्थापना गरेको सस्थाका वरिष्ठ उपाध्यक्ष एस.बि. खड्का (सुनिल) ले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

सामाजिक कार्य गर्ने उदेश्य साथ स्थापना भएको सस्थाको अक्षयकोष सामाजिक कार्यकै निमित्त खर्च गरिने पनि खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय