‘स्नातकोत्तर गरेकी छु, तर मन्त्रीका लागि योग्य भइनँ : सुशिला थिङ

२०८१ श्रावण ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,८ साउन। प्रतिनिधि सभा सदस्य सुशिला थिङले संविधानअनुसार ३३ महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न गरेकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने हो भनेर प्रश्न गरेकी हुन् ।

‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्’, उनले भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’

उनले आफूले समानुपातिक कोटाबाट उपाधि नपाएको भन्दै महिलाहरू कहिलेसम्म यो समानुपातिक दर्जामा दर्ज हुनुपर्ने हो भनेर प्रश्न गरिन् । ‘हामीलाई कहिले समान बनाउने हो ? संविधानमाथि उठेको प्रश्न भएकाले मैले संविधान लागू होस भनेको मात्र हो’, सांसद थिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार