संविधानको रक्षा कसले गर्छ : सचेतक परियार

२०८१ श्रावण ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,८ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधानको रक्षा कसले गर्छ भन्दै संसदमा प्रश्न गर्नुभएकाे छ । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा उहाँले सरकारले नै संविधानको भावना विपरीत सरकारले काम गर्दै जाने हो भने कसले संविधानको रक्षा गर्ने भन्दै प्रश्न गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘सम्माननीय सभामुख महोदय, यदि संविधानको भावना विपरित यसरी सरकारले काम गर्दै जाने हो भने संविधानको रक्षा कसले गर्छ ? म सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र सभामुख ज्यूलाई पनि अनुरोध गर्न चाहँन्छु कि, नेपाल राज्यको समावेशितामा कहाँ पुगेको छ ? संघ संस्थामा जातीय, भाषिक, लैंगिक, समावेशिता हुनु पर्छ कि पर्दैन भनेर नेपाल सरकारलाई रुलिङ गरिदिन सम्माननीय सभामुखलाई आग्रह गर्दछु ।’

प्रमुख सचेतक परियारले पछिल्लो समय मन्त्रिपरिषद् बिस्तारमा समावेशि सिद्धान्त अनुसार नभएकोतर्फ इंगित गर्दै अहिले राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउदैँ गएको बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय