सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु

२०८१ श्रावण ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्युभएको  छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको  शव भेटिएको जानकारी दिए। उनले  जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गर उपचारका लागि अस्पताल पठाइएको बताए।

दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’

सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले अन्नपूर्णसँग भने,’ जहाजमा १९ जना सवार थिए।

बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय