विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

२०८१ श्रावण ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,९ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।

उनको आँखाको अप्रेसन गरिएको अस्पतालका एक अधिकारीले बताए । अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय