प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

२०८१ श्रावण ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,९ साउन । प्रभु बैंकको स्वामित्वमा रहेको  प्रभु स्टक मार्केटले औपचारिक रुपमा सेवा शुरु गरेको छ ।

बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले उक्त सेवाको औपचारिक उद्घाटन गर्नुभएकाे हाे। उहाँले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित उक्त कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवालाई थप सहज बनाउने बताउनुभयाे ।

उहाँले भन्नुभयाे,‘ व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन गरी नेपालको पूँजीबजारको विकास गर्नका लागि स्टक मार्केटले कुनै न कुनै योगदान पुर्‍याउने बताउनुभयाे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएको र यसले आम लगानीकर्तालाई सहज बनाउन भूमिका खेल्ने बताउनुभयाे।

त्यस्तै, प्रभु स्टक मार्केटका  प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने बताउनुभयाे।

काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्तापूँजी २० करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय