लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

२०८१ श्रावण १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १० साउन ।  सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो । मन्त्रिपरिषद् बैठकको सुरु मै प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई मुख्यसचिव बनाउने प्रस्ताव गर्नुभएको र पारित भएको गड्तौलाले बताउनुभयो । आफु मुख्य सचिव भएपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले महिलालाई मुख्यसचिव बनाएकोमा धन्यवाद दिनुभयो । उहाले मन्त्रिपरिषद्मा महिलाका एजेण्डाहरु राम्रोसंग अघि बढिरहेको उल्लेख गर्नुभयो ।

नेपालका इतिहासमा पहिलो महिला मुख्यसचिव नियुक्त हुँदा निकै जिम्मेवारी बोध भएको बताउनुभयो । उहाले मुख्यसचिव आफुले कल्पना गरेको पद नभएको धारणा राख्नुभयो । यसअघि उहालाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय