स्याङ्जामा पौडी खेल्ने क्रममा खोलामा डुबी एक युवक बेपत्ता

२०८१ श्रावण ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ११ साउन । स्याङ्जाको वालिङ नगरपालिका ११ अमले स्थित आधिखोलामा पौडी खेल्ने क्रममा डुबी एक जना युवक बेपत्ता भएका छन । शुक्रबार दिउसो अन्दाजि १२:५० को समयमा साथिसंग पौडी खेल्ने क्रममा डुवि एक युवक बेपता भएका हुन ।

स्याङ्जाको हरिनास गाउपालिका ५ घर भएको २३ बर्षका शिव पोखरेल खोलामा डुबी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका ८ विपी चोक डेरा गरी वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्ष अध्यनरत रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय