चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

२०८१ श्रावण १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गलकोट, १२ साउन ।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।

पटक पटक अवरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ । सडकको ट्र्याक नै बगाएपछि सडक खुल्न नसकेको हो । वर्षा रोकिए पनि काली गण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्र्याक नै बगेकाले सडक खुल्ला समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अवरुद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रुहरू पैदल हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय