पूजा खड्का
स्याङ्जा ,१२ साउन । लायन्स क्लब अफ स्याङ्जाको अध्यक्षमा सुनिता पौडेल चयन हुनुभएको छ । शनिबार उद्योग वाणिज्य सङ्घ स्याङ्जाको हलमा भएको पहिलो अधिवेशनले पौडेलसहितको कार्यसमिति गठन गरेको हो ।
पौडेल कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै यस वर्षका लागि सर्वसम्मतिले अध्यक्ष चयन हुनुभएको हो । आमा मिलन केन्द्र लगायत विभिन्न सामाजिक सङ्घ संस्थामा पौडेल क्रियाशील हुनुहुन्छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा विश्वेश्वर रेग्मी, सचिवमा प्रकाश कोइराला, सहसचिवमा सञ्चिता नेपाल अर्याल, सहसचिवमा देवी अर्याल, सहकोषाध्यक्षमा सुजाता पौडेल, रिपोर्टिङ अफिसरमा भवानी अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
लायन्स क्लब अफ स्याङ्जा टाउन स्थापना भएपछिको पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको निवर्तमान अध्यक्ष रामचन्द्र पोखरेलले बताउनुभयो । भेलामा लायन्सका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा र ध्रुवबन्धु पौडेल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष महादेव श्रेष्ठ, नेपाली काङग्रेस पुतलीबजारका सभापति सुरजकुमार अधिकारी, पत्रकार युवराज पौडेल, रेडियो स्याङ्जाका रामचन्द्र पौडेल लगायतको उपस्थिति थियो ।