भिरकोटमा बोलेरो पल्टिँदा ४ जना घाइते

२०८१ श्रावण १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,१३ साउन । आइतबार बिहान करिब ११ बजे भिरकोट नगरपालिका ४ दर्बुङठाटी स्थित भित्री सडक खण्डमा दर्बुङठाटीबाट वालिङतर्फ आँउदै गरेको ध १ ज २६ नम्बरको बोलेरो जिप पल्टिँदा ४ जना घाइते भएका छन् ।

बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल पल्टिन जाँदा गाडीमा सवार ४ जना व्यक्तिहरु घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

दुर्घटना घाइते भएका भिरकोट न.पा. ४ बस्ने वर्ष २८ का धन बहादुर राना र सोही ठाउँ बस्ने वर्ष ५१ को ईन्द्र बहादुर थापा प्राथमिक स्वास्थ्य केन्द्र वालिङको सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अवस्था मध्यम रहेका भिरकोट न.पा.४ बस्ने वर्ष ३६ का गाडी चालक चित्र बहादुर राना र सोही ठाउँ बस्ने अवस्था मध्यम रहेकी वर्ष ७२ की शोभा थापा लाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय