प्रजातन्त्र सेनानी लोकतन्त्रका पहलेदार हुन् : उपसभापति गुरुङ

२०८१ श्रावण १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१९ साउन । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले प्रजातन्त्र सेनानी लोकतन्त्रका पहलेदार रहेको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको प्रतिज्ञा-सभा लाई सम्बोधन गर्दै नेता गुरुङले प्रजातन्त्र प्राप्त हुन सेनानीको ठूलो योगदान रहेको भन्दै यो योगदानलाई पार्टीले कहिल्यै भुल्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो ” हजुरहरुकै कारण प्रजातन्त्र आएको हो यसलाई कसैले भुल्नु हुँदैन ।”

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका उपसभापति गुरुङले
केन्द्रिय अध्यक्षलाई सपथ खुवाउदै नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ प्रजातन्त्र सेनानीका अध्यक्ष बाल कृष्ण दाहाल लाई सपथ समेत खुवाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय