भिरकोट लायन्स क्लबको आयोजनामा डेंगु तथा हैजा रोग सचेतना र सरसफाई कार्यक्रम

२०८१ श्रावण २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, २३ साउन । भिरकोट लायन्स क्लबको आयोजनामा भिरकोट नगरपालिकाको सहयोग र विभिन्न संघ संस्थाको समन्वयमा भिरकोट नगरपालिकाको बयरघारीमा डेंगु तथा हैजा रोग सचेतना तथा सरसफाई कार्यक्रम बुधबार सम्पन्न भएको छ।

सचेतना तथा सरसफाई कार्यक्रम बयर घारीको दार्सिङ्ग देखि सुरुवात भएर कृषि तथा प्रहरी चौकी सम्म सरसफाई कार्यक्रम गरिएको थियो। कार्यक्रम भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा फोहर व्यवस्थापन स्वरुप झारपात टिपेर सुरुवात गरिएको थियो ।

कार्यक्रममा भिरकोटका विभिन्न संस्था भिरकोट उद्योग बाणिज्य संघ,भिरकोट जेसिस, पतञ्जलि योग पीठ,देवी कल्याण आमा समुह,पिस युथ क्लब, सन्त निरंकारी मण्डल बयरघारी लगायत स्वास्थ्य सचेतनाको लागि जगतपुर स्वास्थ्य चौकी प्रमुख जगदीश खनाल सहित संयोजक अनिशा रोका र अ हे ब गीता ढुङ्गाना सहभागिता रहेको थियो । बयरघारिको दारसिङ्ग बाट प्रहरी चौकी सम्म विविध संस्थाका कार्यक्रम का प्रतिनिधि लगायत सदस्य हरुको सहभागितामा सरसफाई कार्यक्रम गरिएको थियो।

कार्यक्रममा जगतपुर स्वास्थ्य चौकीका प्रमुख जगदीश खनालले डेंगु तथा हैजा सचेतना सम्बन्धी जानकारी गराउनुभएको थियो । उहाले डेंगु एडिस नामक लामखुट्टेको टोकाइबाट मानिसमा विभिन्न लक्षण देखापर्छ। यस रोगको अलग किसिमको खोप तथा उपचार विधि नभएको हुँदा बिरामीको रोगको लक्षण हेरेर उपचार गरिने जानकारी गराउनुभयो। डेंगु रोग लाग्दा १०२ डिग्री फरेनहाइट र सो भन्दा बढी ज्वरो आउने, सरिर काप्ने, ज्वर्नी र मांशपेशी दुख्ने , आँखा रातो हुने आँखा दुख्ने ,टाउको दुख्ने, वाक वाक लाग्ने, बान्ता हुने, छालामा दाना देखिने, तल्लो ढाड दुख्ने ग्रन्थीहरू सुनिने जस्ता लक्षण देखा पर्ने जानकारी गराउनुभयो।

डेंगु रोगबाट बच्नको लागि सरसफाईमा एकदमै ध्यान दिनुपर्ने जानकारी उहाले गराउनुभयो।त्यसै गरी लामखुट्टे उन्मूलन गर्नु आबस्यक रहेको जगतपुर स्वास्थ्य प्रमुख जगदीश खनालले जानकारी गराउनुभयो। लामखुट्टे उन्मुलनको लागि घर वरपर सफा सुग्घर राख्ने पानी जम्ने खाल्टा खुल्टी छ भने पुर्ने, पानी जम्न नदिने, स्वस्थ खानेकुरा खाने , पानी जहा पायो त्यहि को प्रयोग नगर्ने,पानी उमालेर मात्र सेवन गर्ने, शरीर पूरा ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, काम नलाग्ने विविध सामग्री सम्बन्धित ठाउँमा थन्काउने जस्ता विविध सरसफाई सम्बन्धी विषय मा ध्यान दिनुपर्ने जानकारी गराउनुभयो। खानेकुरा फलफूल खादा राम्रोसँग धोएर पखालेर मात्र खाने खानेकुरा राम्रोसँग छोपेर राख्ने जस्ता विविध सावधानी सम्बन्धी जानकारी गराउनुभयो।

त्यसै गरी हैजा भिब्रियो कोलरी ब्याक्टेरियाबाट रोग लाग्ने जानकारी गराउनु भयो । हैजा पानीजन्य सरुवा रोग भएको दुषित पानीको प्रयोग गर्न नहुने जानकारी गराउनुभयो। हैजा रोग सम्बन्धी पनि सरसफाई मा ध्यान दिनुपर्ने पानी उमालेर मात्र पिउनको लागि प्रयोग गर्ने खाना बनाउँदा पनि सफा पानीको प्रयोग गर्ने खाना बासी खानेकुरा नखाने बारम्बार दिशा पिसाब भई रह्यो भने जीवन जलको प्रयोग सहितको पानी प्रशस्त पिउने र नजिकको स्वास्थ्य चौकी वा अस्पताल गएर उपचार गराउन आबस्यक रहेको जानकारी गराउनुभएको थियो। अस्पतालमा पानी र लबणको मात्रा पूरा गर्नको लागि सेलाइन् मार्फत एन्टिबायोटिकको प्रयोग गरिने जानकारी गराउनु भयो। कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लबका अध्यक्ष ढाकाराम खनालले राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन भिरकोट लायन्स क्लबका सचिव इन्दिरा केसीले गर्नुभएको थियो।

लायन्स क्लबका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी, संस्थापक सदस्य पार्वती बस्नेत, भिरकोट उद्योग बाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइराला, भिरकोट जेसिस का अध्यक्ष भरत खड्का, सन्त निरङ्कारी मण्डल बयरघारीका का प्रतिनिधि कृष्ण थापा लगायत विविध संस्था का पदाधिकारी सदस्यहरू रहेको लायन्स क्लब कि सचिव इन्दिरा केसीले जानकारी गराउनुभयो। सचेतना र सरसफाई कार्यक्रम मानवीय स्वास्थ्य सम्बन्धी सेवा मुखी कार्यक्रम भएको बताउँदै बाकी दिनमा पनि सचेतना र सेवामुलक कार्यक्रम गर्दै अघि बढ्ने जानकारी गराउनुभएको थियो। त्यसै गरी आयोजक ले स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम ल्याएर सहयोग गरेकोमा बोल्ने वक्ताहरुले लायन्स क्लब लाई विशेष धन्यवाद दिनुभएको थियो ।

आयोजक लायन्स क्लबले भिरकोट नगरपालिकाको सहयोग र विविध समन्वय गर्ने संस्था र संस्थाबाट सरसफाई अभियान मा सहभागी सम्पूर्ण प्रति विशेष धन्यवाद व्यक्त गर्दै आउँदो दिनमा पनि हाम्रो समुदायलाई स्वास्थ्य सम्बन्धी सुरक्षित र जागरुक बनाउने प्रयासमा विविध कार्यक्रमलाई प्राथमिकता दिने उद्धेश्य सहित परोपकारी र मानवीय स्वास्थ्य सुरक्षा र सरसफाई मा सबैलाई सहयोग गर्न आग्रह गर्दै सबै जनाको सहयोग र प्रयासमा कार्यक्रम सफल हुन पुगेको भन्दै आयोजक लायन्स क्लबले सबै प्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय