काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरु चुप नबस्ने बताउनुभएकाे छ।
नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै कांग्रेस र एमालेबीचको विमतिहरुलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने बताउनुभयाे।
उहाँले भन्नुभयाे, ‘अहिले पनि कांग्रेस र एमालेबीच भएको विमतिहरुलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ। एमालेसँगको विमतीलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौं। हाम्रो पार्टी, विचार नै फरक हो फरक, विगमतका विमतिका बिषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अफ्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौं।’