स्याङ्जा गल्याङ–रुपन्देही समाजद्वारा मानव सेवा आश्रममा भोजन

२०८१ भाद्र १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

बुटवल, १ भदौ । स्याङजा गल्याङ–रुपन्देही सम्पर्क समाजले मानव सेवा आश्रम तिलोत्तमा ६ मा एक दिने भोजन कार्यक्रम सम्पन गरेको छ । सेवा नै धर्म हो भन्ने उद्देश्य सहित स्याङजा जिल्ला गल्याङ नगरपालिकाबाट रुपन्देहीमा बसोबास गर्ने मानिसहरुबिच गठन भएको सम्पर्क समाजले पहिलो कार्यक्रम मानवीय सेवाबाट सुरु गरेको हो ।

एक दिने खाना खुवाउने कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठले संस्थाको काम जन्मथलोबाट रोजगारी अध्ययनको सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई सँगठित र एकीकृत गर्दै जाने र उनीहरुको लागि साथ र सहयोगमा हौसला प्रदान गर्ने रहेको बताउनुभएको थियो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो सस्थाहरुले बृद्ध, असहाय, असक्त परिवारबिहीनहरुको एक छाक खाना खुवाउने कार्यक्रमबाट सेवा सुरु गरेको बताउनुुभयो । समाजका बरिष्ठ उपाध्यक्ष एस पी खडका(सुनिल)ले समाज स्थापना भएसँगै गल्याङबाट बसाई सराई गरेर रुपन्देही आसपास बसोबास गर्ने मानिसहरुमा उत्साह जगाएको बताउनुभएको थियो ।

उहाँले समाजलाई मानवीय सेवामा समर्पण गर्दै अगाडि लैजाने समेत प्रतिवद्धता जनाउनुभएको थियो । मानव सेवा आश्रम तिलोत्तमा–६ का संयोजक बिष्णु भुजेलले आश्रममा रहेका असहाय अशक्तहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा निरन्तर सहयोग हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको थियो । समाजका सचिव पिताम्बर अर्यालले समाजले आगामी दिनमा पनि रचनात्मक काम गर्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय