कान्तिपुर डेण्टल कलेजले भरतपुरबाट दाँत उपचारको सम्पूर्ण सेवा दिँदै

२०८१ भाद्र १, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, १ भदौ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले भगिनी संस्थाको रुपमा चितवनको भरतपुर विमानस्थल अगाडि डेण्टल सेन्टर सञ्चालनमा ल्याएको छ । दन्त उपचारको सम्पूर्ण सेवा दिने गरी सेन्टर भदौ १ गतेबाट सञ्चालनमा ल्याएको हो ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष बुद्धिमान श्रेष्ठका अनुसार सीबीसिटी सहित दन्त उपचारको सम्पूर्ण सेवा भरतपुरको सेन्टरमा रहने छन् । यसअघि नारायणगढको पुल्चोकबाट बि.सं. २०६० सालबाट सेवा दिंदै आएको बताउँदै उहाँले चितवनमा नै दोस्रो शाखा भरतपुरमा सञ्चालन गरिएको बताउनुभयो ।

भरतपुर शाखा मार्फत्  शनिबार भदौ १ गतेदेखि सेवा शुभारम्भ हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले “दन्त उपचारको साधारणदेखि जटिल प्रकृतिका उपचार सेवा भरतपुर सेन्टरबाट दिन्छौं ।”

पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि ३ डेन्टल सर्जन, ४ डेन्टल हाइजनिष्ट, २ असिस्टेन्ट लगायत आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने उहाँको भनाई छ ।

नेपालको सबैभन्दा ठूलो डेण्टल कलेज कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको काठमाण्डौंको बसुन्धारा चौकी, सतुन्गल, सुन्दरबस्तीमा उपचार सेन्टर रहेका छन् । यसैगरी पोखराको न्यूरोड, रुपन्देहीको बुटवलस्थित पुष्पलाल चोक र तिलोत्तमाको भलबारीमा रहेको सेन्टरबाट दन्त उपचार सेवा दिंदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय