काठमाडौं, २ भदौ । काभ्रे जिल्लामा एक महिनाकाे अवधिमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणअनुसार साउनमा ३६ जनामा डेंगु संक्रमण भएको पाइएको हाे। जसमा १९ जना पुरुष र १७ जना महिला रहेका छन्।
जिल्लाका १३ स्थानीय तहमध्ये ८ पालिकामा डेंगु संक्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकामा ८ जना, बनेपा नगरपालिकामा ८ जना, पनौती नगरपालिकामा ९ जना, पाँचखाल नगरपालिकामा २ जना, नमोबुद्ध नगरपालिकामा २ जना, भुम्लु गाउँपालिकामा ३ जना, रोशी गाउँपालिकामा ३ जना र तेमाल गाउँपालिकामा १ जना डेंगु संक्रमित फेला परेका हुन्।
हालसम्म मण्डनदेउपुर नगरपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, बेथानचोक गाउँपालिका र चौरीदेउराली गाउँपालिकामा डेंगु संक्रमण देखिएको छैन।