रास्वपाले ११ भदौमा बोलायो केन्द्रीय समिति बैठक

२०८१ भाद्र ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक ११ भदौमा बस्ने भएको छ ।

त्यस दिन बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका एजेण्डा छन् ।

रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ । अनुशासनात्मक कारबाहीमा एजेण्डा अन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय