निजामती सेवा विधेयक पारित गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

२०८१ भाद्र २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएकाे छ  ।

शनिबार काठमाडौंमा २१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताउनुभयाे ।

‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ नि, अब समय आएको छ’, उहाँले भन्नुभयाे ।

अहिले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले ऐन कानुन बनाउनका लागि संसदमा पनि सहज बहुमत रहेको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय