इन्जिनियर एसोसिएसनको निर्वाचनले काङ्ग्रेसको २०८४ को निर्वाचन आधार तयार गर्छ : उपसभापति गुरुङ

२०८१ भाद्र २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२२ भदौ । नेपाल इन्जिनियर एसोसिएसनको ३४ औं निर्वाचनले नेपाली काङ्ग्रेसको २०८४ काे निर्वाचन आधार तय गर्ने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताउनु भएको छ ।

भदौ २८ गते हुन लागेको नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा इन्जिनियर सुवास चन्द्र बरालको लोकतान्त्रिक समुह लाई बिजय गराउन भेला भएको वरिष्ठ इन्जिनियरहरुको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले कुनै पार्टीसंग गठबन्धन नगरी निर्वाचन प्रणालीमा हुमिएको समुहलाई बिजय गराउन सबै आफ्नो आफ्नो ठाउँबाट लाग्न आग्रह समेत गर्नुभयो ।

सनिवार कुपोन्डोलको म्याक्सिस ब्याङ्किटमा सम्पन्न भएको वरिष्ठ इन्जिनियरहरुको भेलामा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेपाली काङ्ग्रेसको पछिल्लो निर्णय अक्षरस पालना गर्ने गरि भएको यो निर्वाचनमा सबै पार्टी पङ्तिलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

२ वर्ष निजी काम छाडेर इञ्जिनियरहरुको हकहितमा लाग्छुः सुवासचन्द्र बराल

नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इञ्जिनियरहरुको हक हितमा दिलोज्यानले लाग्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।

सनिवार कुपोन्डोलको म्याक्सिस ब्याङ्किटमा सम्पन्न भएको वरिष्ठ इन्जिनियरहरुको भेलामा बोल्दै उहाँले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संलग्न रहेकाले पनि इञ्जिनियरहरुका समस्यासँग राम्रो जानकार रहेको बताउनुभयाे ।

सरकारी तथा निजी क्षेत्रका इञ्जिनियर र आर्किटेक्टहरुका आ आफ्नै समस्या रहेको भन्दै उहाँले अबको २ वर्षका लागि सबै समुदायको उन्नतिका लागि ठोस काम गर्न सक्छु भन्ने प्रतिबद्धताका साथ टिमसहित चुनावी मैदानमा आएको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय