हिंसा शव्दको विवादका कारण प्रतिनिधिसभा बैठक स्थगित

२०८१ भाद्र ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, ३० भदौ । हिंसा शव्दको विवादका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । एमाले सांसद योगेश भट्टराईले बोलेको हिंसा शव्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन अवरोध गर्ने माओवादी अडानका कारण आइतबार बोलाएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरि स्थगित गरिएको हो ।

आइतबार दिउँसो १ बजे बोलाएको बैठक दलहरुबीच सहमति खोज्ने भन्दै सवा तीन बजेका लागि सारिएको थियो । तर सहमति खोज्ने प्रयास असफल भएपछि बैठक सूचना टाँस गरि सोमबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

माओवादी हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवादका कारण यसअघिको संसद बैठक पनि अवरुद्ध भएको थियो । माओवादी केन्द्रले सशस्त्र युद्धलाई अपमानित गर्ने गरी एमालेका सांसद भट्टराईले माओवादी हिंसा शब्द प्रयोग गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय