माओवादीले सदन सुचारु गर्ने दियाे

२०८१ भाद्र ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,३१ भदौ । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसाको रुप दिएर अपमानीत नगर्न आग्रह गरेको छ ।

 प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुने बितिकै माओवादी सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखबाट बोल्ने समय पाउनुभएका माओवादी सांसद शक्ति बहादुर बस्नेतले १० बर्षे जनयुद्धको जगमा मुलुकमा परिवर्तन सम्भव भएकाले जनयुद्धलाई हिंसाको रुप दिएर अपमानीत नगर्न आग्रह गर्नुभएको हो ।

जनयुद्धलाई संविधानले सशस्त्र द्वन्द्वको रुपमा परिभाषीत गरेको भन्दै उहाले उक्त तथ्यलाई सत्तापक्ष दलका सांसदहरुले उपेक्षा गर्दै जनयुद्धलाई हिंसाको रुपमा व्याख्या गर्ने काम उपयुक्त नभएको जिकिर गर्नुभयो ।

सत्तपक्षबाट शान्ति प्रक्रियाका बिरुद्ध अभिव्यक्ती आउने, संविधान संशोधनका नाममा अधिकार कटौती गर्ने र संवैधानिक परिषदको संख्याका आधारमा उपसभामुखलाई हटाउने खेलको माओवादीले कडा रुपमा प्रतिवाद गर्ने उहाले बताउनुभयो ।

उहाले जनयुद्धका सन्दर्भमा आएको हिंसा शव्दका बिषयमा सत्तारुढ दलको बुझाइको पनि थप स्पष्टता माग गर्नुभयो । बस्नेतले आफ्ना मुद्दाहरुलाई यथावत राख्दै सदनलाई सूचारु गराउने पार्टीको निर्णय भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय