जीबी राईले गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रूपैयाँ भित्र्याएको पुष्टि

२०८१ भाद्र ३१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,३१ भदौ । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन टुंग्याएको छ । प्रतिवेदनमा देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको छ ।

समितिले साढे तीन महिना लगाएर अध्ययन अनुसन्धान गरेको हो । आजको वैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिएर संसदमा बुझाउन लागिएको छ । प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन् । प्रतिवेदनमा १८ वटा परिच्छेदहरु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीबाट आएको रकमबारे पनि विस्तृत अध्ययन समितिले गरेको छ । स्रोतका अनुसार सहकारीबाट गोर्खा मिडियामा ६७ करोड रूपैयाँ भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय