आधा छेडियो शिद्धबाबा सुरूङ

२०८१ आश्विन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल, २ असोज।  सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग ५४५ मिटर खनिएको छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर खनिएको हो । योसँगै करिब सुरूङको आधा खन्ने काम सकिएको हो । उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरूङमार्ग आयोजनाले जनाएको छ ।

आयोजनामा गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीब्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।

सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगालाई सिधै तल झार्ने छ । आयोजना समयमै सक्न जनप्रतिनिधिहरूले निगरानी र सहयोग दुवै गरिरहेको प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय