शिक्षा दिवसको अवसरमा गल्याङ बहुमुखी क्याम्पसमा अध्ययनरत बस्याल पुरस्कृत

२०८१ आश्विन ३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमाल न्यौपाने
स्याङजा, ३ असोज । शिक्षा दिवस २०८१ को अवसरमा स्याङजामा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । जस अन्त्रगत गल्याङ नगरपालिकाले पनि बिबिध कार्यक्रमको आयोजना गरी शिक्षा दिवस मनाइएको हो । सो अवसरमा बिद्यार्थीको आत्मबल बढाउन क्याम्पसमा अध्ययन गर्ने उत्कृष्ठ विद्यार्थी छनोट गरी नगरपालिकाले नगद सहित पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा गल्याङ बहुमुखी क्याम्पसमा बि.बि एस चौथो बर्षमा अध्ययनरत शिब बस्याल रहनुभएको छ । गत बर्ष बस्यालले दोस्रो बर्षमा उत्कृष्ठ नतिजा ल्याएर क्याम्पस प्रथम हुनुभएको थियो । आर्थीक अबस्था कमजोर भएपनी शैक्षिक क्षेत्रमा फराकीलो नतीजा ल्याएका बिद्यार्थीलाई आगामी दिनमा थप पढाईमा सफलता मिलोस भन्नका लागी शिक्षा दिवसको अबसरमा पुरस्कृत गरेको गल्याङ नगरपालीका प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय