बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

२०८१ आश्विन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,  १३ असोज।  बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएकाे छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय