पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा

२०८१ आश्विन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,१३ असोज। पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ ।

बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताउनुभएकाे थियाे । तर उक्त बस आइतबार दिउँसो महादेववेशीमा रहेको अगाहाखोलाका बासिन्दा होमनाथ भट्टराईले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार