सप्तकोसीमा पानीको बहाव घट्दो, ब्यारेजका ४० ढोका खुला

२०८१ आश्विन १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१४ असोज  । सप्तकोसी नदीमा पानीको बहाव घट्दो क्रममा छ । तर, जलसतह अझै खतरा तहमा रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कन्ट्रोल रुमका अनुसार, सोमबार बिहान गरिएको मापनमा कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड दुई लाख ५४ हजार क्युसेक छ । हाल ब्यारेजका ४० ढोका खोलिएको कन्ट्रोल रुमले जनाएको छ ।

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव घट्दो क्रममा छ । तर, जलसतह अझै खतरा तहमा रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कन्ट्रोल रुमका अनुसार, सोमबार बिहान गरिएको मापनमा कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड दुई लाख ५४ हजार क्युसेक छ । हाल ब्यारेजका ४० ढोका खोलिएको कन्ट्रोल रुमले जनाएको छ ।

आइतबार (हिजो) बिहान सप्तकोसीमा पानीको बहाव ५६ वर्षयताकै उच्च थियो । आइतबार बिहान ३ बजे गरिएको मापनानुसार कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक थियो ।

पानीको बहाव घट्न थालेसँगै आइतबार बेलुकादेखि ब्यारेजमा पुनः दुईतर्फी यातायात सञ्चालन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय